लोक सेवा आयोगद्वारा स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी विशेष कार्य तालिका सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी विशेष कार्य तालिका सार्वजनिक गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले कार्य तालिका सार्वजनिक गर्दै विज्ञापन/सूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिस मितिसमेत तोकेको छ ।