निजामती सेवाका निम्न सेवा, समूह, उपसमूह का राजपत्र अनंकित द्वितीय श्रेणीका पदहरुमा आ.प्र., खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नु पर्ने
भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त
प्रणाली psconline.psc.gov.np मार्फत्आवेदन दिनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति– २०७५÷१२÷१९ सम्म. र दोब्बर दस्तुर तिरी २०७५÷१२÷२६ सम्म ।
उम्मेदवारको उमेरको हद २०७५÷१२÷१९ सम्म १८ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको ।
वहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।
दरखास्त दस्तुर बुझाउने अवधि ः– अनलाइन माध्यमबाट दरखास्त पेश गरिसकेपछि उम्मेदवारले प्राप्त गरेको ःबकतभच क्ष्म् सहित ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त
दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको
पहिलो दिन) तोकिएको बैंक÷कार्यालयमा परीक्षा दस्तुर÷दोब्बर दस्तुर अनिवार्य रुपमा बुझाइ सक्नुपर्नेछ ।
दरखास्तको माध्यम ः– विज्ञापित सबै पदहरुमा अनलाइन प्रणाली मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ । अनलाइन मार्फत्दरखास्त पेश गर्ने
अपलोड गर्नुपर्ने कागजातहरु ः– उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत
सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा एम्ँ ँयचmबत मा अपलोड
गर्नु पर्नेछ । सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी pdf format मा
अपलोड गर्नु पर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्नेछ
दरखास्त दस्तुर– प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. ३००।– (तीन सय) बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा
आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु. १५०।– (एक सय पचास) थप दस्तुर बुझाउनु पर्नेछ ।
खरिदार वा सो सरह पदको विज्ञापन (आ.व. २०७५/२०७६) - न्याय, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा