सामान्य ज्ञान (भूगाेल )१

१.. सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो।
२..चम्कीलो र तातो ग्रह भनेर शुक्र,रातो ग्रह भनेर मंगललाइ,ग्रहहरुको राजा भनेर बृहस्पतिलाइ र असफल तारा भनेर अरुण ग्रहलाई चिनिन्छ।
३.. गेनिमेड बृहस्पतीको,टिटान शनिको,मिराण्डा अरुणको,फोबोस र डिमोस मंगलको र चन्द्रमा पृथ्वीको उपग्रह हुन ।
४.. हाम्रो सौर्यमण्डलमा 1 सुर्य,8 ग्रह,5पुड्के ग्रहहरु,173 उपग्रह(IAU अनुसार) रहेका छन ।
५.. यम ग्रहलाई सन २००६ को अगस्टबाट ग्रहको सूचिबाट हटाइएको हो ।
६.. सूर्यको नजिकबाट क्रमश टाढा रहेको ग्रहहरु बुध,शुक्र,पृथ्वी,मंगल,बृहस्पती
,शनि,अरुण,बरुण हुन ।
७.. सुर्यबाट पृथ्वी १४ करोड ८८ लाख कि.मी टाढा छ, सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ ।
८.. सुर्यले आपm्नो अक्षमा परिभ्रमण गर्न २५ दिन लाग्दछ ।
९.. International Astronomical union को स्थापना सन १९१९ मा भएको,यसको मूख्यालय फा्रन्सको पेरिसमा रहेको छ ।
१०..सुर्यबाट सबमा पृथ्वीको उपग्रह हुन ।
१२.. प्रायजसो शिशुग्रहहरु मंगल र बृहस्पतिको कक्षबीचमा घुमिरहेका हुन्छन ।
१३… हेलिको पुच्छेतारालाइ खुल्ला आखाले देख्न सकिन्छ ।
१४.. सन १९९८ मा टेम्पल टटल नामको धूमकेतु देखिएको थियो ।
१४.. कालपुरुष शरद क्रृतुमा देखिने तारामण्डल हो ।
१५.. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा सिरिअस हो,यसलाई Dog star पनि भनिन्छ ।
१६.. प्रकाशले एक वर्षमा पुरा गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ ।
१७.. सूर्य र पृथ्वीको बिचमा चन्द्रमा आाएर चन्द्रमाको छाया पृथ्वीमा परेको अवस्था सुर्यग्रहण हो ।
१८.. डाइनोसरको विनास मध्यजीव महाकल्पको क्रिटेसीयस कालमा भएको थियो ।
२०.. पृथ्वीको केन्दबाट सबैभन्दा बढी दूरीमा रहेको स्थान इक्वेडरको चिम्बोराजो ज्वालामुखी क्षेत्र हो ।
२१.. पृथ्वी १६०० कि.मी प्रतिघण्टाको दरले आफ्नो अक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्ने गर्दछ ।
२२.. पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो अमेरिकाका हुन ।
२४.. अन्तरिक्षमा मानव पठाउने पहिलो राष्ट रुस हो,उसले सन १९६१ मा भोस्तक १ बाट युरी गागरिनलाई अन्तरिक्षमा पठाएको थियो ।
२५… हेलिको पुच्छेतारालाई सूर्यको परिक्रमा गर्न ७६ वर्ष लाग्दछ ।
२६… चन्द्रमाको गुरुत्ववल पृथ्वीको गुरुत्ववल भन्दा ६ गणा कम छ ।
२७.. ताराको जिवनको अन्त्य तिरको अवस्थालाई न्यूटन स्टार भनिन्छ ।
२८…सुर्यको चुम्बकीय क्षेत्र ११ बर्षमा उल्टने गर्दछ ।
२९..Early Bird भूउपग्रह संग सम्बन्धीत छ ।
३०.. सन १९९४ मा बृहस्पती ग्रहसंग ठोक्कीएर चकनाचुर बनेको पुच्छतारा सुमेकर लेभि हो ।
३१.. पृथ्वी गोलो छ भनेर सवैभन्दा पहिला घोषण गर्ने पाइथागोरस हुन ।
३२.. मार्स वान सन २०११ मा नेदरल्याण्डमा स्थापित संस्था हो यसले मंगलग्रहमा सन २०२५ सम्म वस्ती बसाउने लक्ष्य राखेको छ ।
३४.. आधुनिक भूगोल विधाका संस्थापक कार्ल रिटर हुन भने वर्तमान मानव भूगोलका जनक Friedrich Ratzel हुन ।
३५.. भूगोल शव्दको प्रयोग गर्ने,पृथ्वीको प्रथम र बैज्ञानिक नक्सा निर्माण गर्ने,अधिक वर्षको अवधारण ल्याउने,पृथ्वीको परिधी पत्तालगाउने, सुर्य र पृथ्वी वीचको दुरी पत्ता लगाउने काम भुगोलका पिता इराटेस्थानिजले गरेका हुन ।
३६..”क्षेत्रफलका हिसावले विश्वका ५ ठूला देश क्रमश रसिया,क्यानडा,अमेरिका,चिन र ब्राजिल हुन ।
३७.. एसिया महादेश सबैभन्दा ठूलो र विषमताको महादेश जहा ४८ राष्ट,अफ्रिका महादेश अध्यारो महादेश जहा ५४ राष्ट,उत्तर अमेरिका महादेश नया संसार जहा २३ राष्ट,दक्षिण अमेरिकामा १२ राष्ट,युरोप महादेश प्रायदीपको प्रयादीप जहा ५० राष्ट,अस्टेलिया महादेश एक देश एक महादेश जहा १४ राष्ट छन ।
३८.. एसियामा—सर्वाधिक होचो भाग मृत सागर,विश्वकै अग्लो पठार पामिर पठार,विश्वकै सबैभन्दा अग्लो स्थानको ताल तिलिचो ताल,विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल,विश्वमा सबैभन्दा वढी टापु भएको देश इन्डोनेसिया,विश्वकै सवैभन्दा अग्लो पर्खाल The great wall of china र १२ भूपरिबेष्टत राष्ट पर्दछन ।
३९.. अफ्रिकामा —भुमध्य रेखाले झण्डै वीचबाट काटेको,सवैभन्दा वढी भाषा बोलिने महादेश,विश्वको सर्वाधिक लामो नदी नाइल,सबैभन्दा ठूलो मरुभूमि सहारा,एटलास पर्वत,१६ भूपरिवेष्टत राष्ट पर्ने गर्छ ।
४०… उत्तर अमेरिका— क्रीष्टोफर कोलम्बसले सन १४९२ मा पत्ता लगाएका,विश्बको सबैभन्दा ठूलो ताजा पानीको ताल सुपेरिएर ताल, एस्ट्रोडोम गुम्बज, पर्ने ।
४१… दक्षिण अमेरिका—विश्वकै सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनास(चिली), सबैभन्दा लामो एन्डीज पर्वतमा,पाटागोनिया मरुभूमि पर्ने ।
४२.. अन्टार्कटिका—सवैभन्दा पछि पत्ता लागेको महादेश,विश्वको ९० प्रतिशत हिउ यहि पाइने ।
४३…. युरोप —मरुभूमि नभएको महादेश,स्क्यान्डे नेभियन क्षेत्र यहि पर्ने,१८ भूपरिबेष्टीत राष्ट पर्ने ।
४४… अष्ट्रेलिया—जेम्स कुकले नामाकरण गरेका,पुरैभाग दक्षिण गोलाद्घमा रहेको,ऐवेल तस्मानले सन १६४२ मा पत्ता लगाएका,टापुको महादेश,कंगारुको महादेश नामले समेत चिनिने ।
४५.. विश्वमा ५ वटा महासागर रहेका,सबैभन्दा ठूलो र गहिरो महासागर प्रशान्त हो भने दोस्रो गहिरो महासागर हिन्द महासागर हो ।
४६… दक्षिणी ध्रुव नर्वेका एमन्डसेनले सन १९११ मा र उत्तरी ध्रुव अमेरिकाका रर्वट पियरीले सन १९०९ मा पत्ता लगाएका हुन ।
४७.. सवैभन्दा लामो अक्षांस रेखा भूमध्यरेखा हो,यो ० डिग्री अक्षांस रेखा हो ।
४९.. १८० डिग्री देशान्तर रेखा अन्तराष्टिय तिथी रेखा हो ।
५०.. सहारा मरुभूमि अफ्रिकामा,गोबी मरुभूमि मंगोलियामा,अटाकामा चिलीमा,काराकुम तुर्कमेनिस्तानमा,पाटागोनिया मरुभूमि अर्जेन्टीना र चिलीमा,थार भारत र पाकिस्तानमा,कालाहारी बोस्वानामा,भिक्टोरिया अष्टेलियमा पर्दछन ।