(क) आदिवासी÷जनजातिका हकमा नेपाल आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएमा सोही सूचीको आधारमा,
तर नेपाल आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तह÷निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराएको कागजात ।
(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जाति भएमा सोही सूचीको आधारमा,
तर, राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तह÷निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराएको कागजात ।
(ग) अपाङ्गका हकमा समाज कल्याण परिषद्बाट जारी भएको अपाङ्गता परिचयपत्र वा अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४ को उपदफा (३) बमोजिम अपाङ्गताको वर्गीकरण उल्लेख गरी सम्बन्धित स्थानीय तहबाट जारी भएको अपाङ्गता परिचयपत्र ।
(घ) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको कागजात,
तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तह÷निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराएको कागजात ।
(ङ) पिछडिएको क्षेत्रका हकमा निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७) मा उल्लेख भएका जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित स्थानीय तहबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको कागजात दरखास्त फारम भर्ने अन्तिम दिन देखि ३ महिना अगाडी सम्मको मितिमा जारी भएको सिफारिसको आधारमा ।
विस्तृत जानकारी संस्थानको वेवसाइट https://beema.com.np/ मा हेर्नुहाोस् ।
विस्तृत विज्ञापन तल हेर्नुहोस्